सभामुख अग्नी सापकोटाको सर्बत्र प्रशंसा

171

काठमाडाैं – केपी ओली नेतृत्वको डबल नेकपाको सरकारले जनअपेक्षित कामहरु नगरिरहेकाले सरकारको अलोकप्रियतासंगै डबल नेकपा पनि बैचारिक संकटमा परेको छ । निकै तामझामका साथ एकीकृत भएका नेकपा एमाले र नेकपा माओबादी केन्द्र पुनः बिभाजनको अवस्थामा पुगेका छन् ।

दुबै पार्टीका तल्लो निकायहरुमा एकता प्रक्रिया पूरा नहुँदै केन्द्रमा भूकम्प जान थालेको छ । बैचारिक मतभेदहरुलाई पछि मिलाउँदै जाने सहमतिका साथ एकता प्रक्रियामा प्रबेश गरेका दुई स्कुलिङका पार्टीहरुबीच घम्साघम्सी नै हुने अवस्था सृजना भएको छ । तर बिचारमा भन्दा भागबण्डामा कुरा नमिलेर कचिंगल भैरहेको आरोप प्रधानमंत्री केपी ओली निकटहरुले प्रचार गरिरहेका छन् ।

पछिल्लो पटकको भाँडभैलोमा भने अमेरिकी सैन्य योजनाका साथ नेपालमा प्रबेश गराउन खोजिएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई स्वीकार गर्ने कि नगर्ने भन्ने बिषयमा कुरा नमिलेर पार्टी संकटमा फस्न पुगेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरे अनुसार बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाईएको थियो । कार्यदलले एमसीसी सम्झौतामा उल्लेख भएका कतिपय प्रावधानहरु नेपालको सार्वभौमसत्तामा नै चुनौती बन्न सक्ने खालका भएकाले र एमसीसी ईण्डोप्यासिसफ  स्ट्राटिजी सम्झौतालाई हुवहु रुपमा स्वीकार गर्न नसकिने भनेर सुझाव दिएको थियो । कार्यदलको सुझावलाई चुनौती दिंदै प्रधानमंत्र ीओलीले सार्वजनिक रुपमै अभिब्यक्ति दिंदै आउनु भएको थियो । ओलीका अभिब्यक्तिका कारणबाट नेतृत्व पंक्तिमा असन्तुष्टि बढेको अवस्थाबीच पटक–पटक सचिवालयको बैठक बोलाईए पनि प्रम ओलीको अनिच्छाका कारणबाट बैठक बस्न सकिरहेको थिएन । यहीबीच स्थायी कमिटीका २० प्रतिसत सदस्यहरुले स्थायी कमिटीको बैठक बोलाउन निबेदन नै दिनु परेको थियो । स्थायी कमिटीको बैठक पनि प्रम ओलीको अनिच्छाकै कारणबाट मिति तोक्दै स्थगित हँुदै आएको थियो । हिजो असार १० गते बुधबारको लागि बैठक निर्धारित भएकोमा बैठक सुरु हुन नपाउँदै अघिल्लो दिन मंगलवार सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक असार १७ गतेसम्मका लागि स्थगित गरिएको सूचना टाँस गरेपछि एमसीसीका बिषयमा केन्द्रित हुने भनिएको स्थायी कमिटीको बैठक प्रभावित हुन पुगेको  बुझिएको छ । एमसीसी असार १६ गतेसम्म संसदबाट पारित गर्नु पर्ने प्रावधानका कारण १७ गतेसम्म संसद बैठक नै स्थगित भएपछि एमसीसी प्रकरणका कारण बिभाजित बनेको नेतृत्व असमञ्जसमा परेको छ । सभामुख अग्नि सापकोटाको भने राजनीतिक बृत्तमा ब्यापक प्रशंसा भैरहेको छ । स्थायी कमिटी बैठकले जे सुकै निर्णय गरे पनि एमसीसी पारित गर्ने म्याद भने अब संकटमा परेको छ । हिजोको  स्थायी कमिटी बैठक  असार १२ गते अर्को बैठक बस्ने सहमति सहित  सातबुँदे एजेण्डा तय गरेर स्थगित भएको जनाईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको हो ।  दुबै अध्यक्ष प्रधानमन्त्री ओली र प्रचण्डले बैठकलाई सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here