१६८ केजी तौल भएकी महिलाले नर्भिकमा शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माइन्

348

काठमाडौं / काठमाडौंको कलङ्की निवासी ३१ वर्षिय महिला (श्रीमती मेरिना हमाल) गत असार १० गते अपरान्ह ३ः१५ बजे नर्भिकको प्रसूति तथा स्त्रीरोग विभागको बहिरङ्ग कक्षमा उपस्थित भइन् ।

३७ हप्ता पार गरिसकेको आफ्नो गर्भको शिशुलाई सुरक्षितपूर्वक जन्मदिनु नै हस्पिटल आउनुको उनको एकमात्र अभिप्राय थियो । शारिरीक रोगका हिसावले न त उनमा मधुमेह थियो, न त उच्च रक्तचाप, न त गम्भिर श्वास–प्रश्वास रोग, न त हाइपोथाइराडिजम् (थाइराइड ग्रन्थी कम सक्रिय भई कम थाइराइड हर्मोन उत्पादन गर्दा मोटोपन हुनसक्छ ) नै थियो ।

तर उनको तौल असाधारण (१६८ के.जी.) र शारिरीक बनावट हेर्दा लाग्थ्यो– उनको उपचार त कठिन थियो नै, साथ साथै गर्भाधान प्रक्रिया समेत जटिल हुनुपथ्र्यो । निजलाई हिजै अर्थात् असार ११ गते बिहान ११ः०० बजे नर्भिककी बरिष्ठ प्रसूति तथा बाँझोपन, टेष्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माले शल्यक्रिया गरी स्वस्थ शिशु प्रदान गरेकी थिइन् । श्रीमती हमालले २.९५ के.जी. तौल भएकी स्वस्थ छोरी पाएकी थिइन् ।

सामान्यतया यति ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आफैमा कठिन प्रायः मानिन्छ र सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो हुनुपर्छ ।

हाल नवजात शिशु र आमा दुवै सामान्य अवस्थामा छन् । यस घटनाले एकातिर केवल मोटोपन मात्रै गर्भाधानको वाधक हुनसक्दैन भनेर प्रमाणित गर्दछ भने अर्कोतर्फ जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गर्दछ ।

यस्ताखाले जटिल र जोखिमयुक्त प्रसूति गराउँदै सफलता प्राप्त गर्ने डा. नुतनलाई बधाई ज्ञापन गर्दै नवजात शिशु र आमालाई नर्भिक परिवार स्वास्थ्यलाभको कामना गर्दछ ।

डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्त बाँझोपन तथा टेष्टट्युब बेबीका लागि राम्रो ख्याति प्राप्त गरिसकेकी विशेषज्ञ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here