एक्काशी प्रम बैठकबाट बाहिरिएपछि…..

3
काठमाडौं – आज बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । तर उपस्थित भएको केही बेरमै उनी बाहिरिए । 
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुँदा  चर्को आलोचना भएको थियो  । आज शनिबार करिब  साढे ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री १२ नबज्दै बैठकबाट बाहिरिएको जनाइएको छ ।
अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गरिरहेको हुनाले आफू उपस्थितहुनु जरुरी नभएको र प्रधानमन्त्री भएकाले अरु पनि काम भएको जानकारी प्राधानमन्त्री ओलीले दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
बैठक बुधबारदेखि बालुवाटारमा सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here