लागूऔषध कारोबारीकाे आरोपमा प्रहरी निरीक्षक रुद्रबहादुर शाही पक्राउ

245
काठमाडौं बिहीबार लागूऔषध नियन्त्रण ब्यूरोले महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्रबहादुर शाहीलाई लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको आरोपमा पक्राउ गर्यो ।

शाही पक्राउ परेको खबरले मिडियामा राम्रो स्थान पायो । शाहीसँगै अन्य चारजना पनि पक्राउ परेका थिए । तर, इन्सपेक्टर शाहीको जस्तो चर्चा भएन । तस्करी गिरोहमा इन्सपेक्टर शाहीको प्रमुख भूमिका देखिएको प्रहरीको दावी छ ।
त्यही समूहमा इन्सपेक्टर शाहीसँगै एक पाइलट पनि पक्राउ परेको खुलेको छ । सो प्रकरणमा पाइलट भूपेश शेरचन समेत पक्राउ परेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट हुन् । डिप्रेसनमा आफू लागूऔषध कारोबारमा लागेको प्रहरीसमक्ष उनले बताएका छन् । राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय नेपाल एयरलाइन्सका स्थायी जागिरे भुपेश ट्वीनेटर विमान चलाउँथे । तर, जागिर सुरु गरेको केही वर्षमै उनले राजीनामा दिए ।

भुपेश लामो समयदेखि लागुऔषध दुव्र्यसनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । फर्मस्युटिकल्स ड्रग्स सेवन गरिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक सोधपुछमा भुपेशले जागिर सुरु गरेपछि केही विमान दुर्घटना भएको र जसमा ल्निे साथीहरु गुमाएको बताएका छन् । ‘त्यसपछि डिप्रेसनमा पुगेछु । डिप्रेसनबाट मुक्त भइन्छ कि भनेर लागुऔषध सेवन सुरु गरेँ,’ भुपेशले प्रहरीसमक्ष बताए ।

शाही र शेरचनसँगै ज्ञानेश्वरका अविनास थपलिया, बर्दीयाका सन्तोष कुमार साह र उदयपुरका एलिसन बस्नेतलाई ब्यूरोले पक्राउ गरेको थियो । उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्स्भिोन क्याप्सुल ३३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । शुक्रबार शाहीलाई जिल्ला अदालत काठमाडौँले ७ दिन र अन्यलाई १० दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here