कांग्रेसको बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने

9
काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषयमा छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको जानकारी दिए ।
यसअघि ७७ फागूनमा महाधिवेशन गर्ने गरि तय भएको कार्यतालिका परिवर्तन नगर्ने र अन्य कामलाई कसरी तीव्र बनाउन सकिएला भनेर विकल्पहरूबारे छलफल हुने पौडेलले जानकारी दिए ।
यस्तै बैठकमा वर्तमान सरकारले ल्याएका विधेयकहरूका विषयमा पनि साझा धारणा तय गरेर अघि बढ्नेबारे पनि छलफल उनले जानकारी दिए ।
‘बर्तमान सरकारले श्रृंखलावद्धरूपमा ल्याएका संविधानविरोधी विधेयकले कांग्रेसलाई सडक आन्दोलनमा धकेल्न खोजेको देखियो, यसबारे पनि पदाधिकारी बैठकमा छलफल हुनेछ,’ पौडेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here