रोहित नेपाल फिर्ता

72
काठमाडौं – इन्डोनेसिया लिग खेलिरहेका नेपाली फुटबल टिमका सदस्य रोहित चन्द त्यहाँको लिग रोकिएपछि नेपाल फर्केका छन् । रोहित शुक्रबार राति नेपाल फर्किएको उनका दाजु रविन चन्द ठकुरीले  जानकारी दिए ।  जाकार्ताबाट मलेसियाको क्वालालम्पुर हुँदै स्वदेश फर्किएका उनी घरमै क्वारेन्टिनमा छन् ।

रोहित नेपाल आउनुअघि इन्डोनेसियामा कोरोना संक्रमण परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि स्वदेश फर्किएका रविनले भने ।

कोरोना महामारीले गर्दा इन्डोनेसियाको लिग वान मार्चदेखि स्थगित छ । लकडाउनले गर्दा रोहित ३ महिना इन्डोनेसियामै रहेका थिए । रोहितले लिग वानमा पर्सिजा जाकार्ताबाट खेलिरहेका छन् ।

‘इन्डोनेसियाको लिग अक्टोबरपछि मात्र सुरु हुने भएकोले रोहितलाई नेपाल बोलाएका हौं‌, यद्यपी लिग कुन फर्म्याटमा फेरि सुरु हुने टुङ्गो लागेको छैन’ रविनले भने ।

त्यहाँको लिग अब रेलिगेसनबिनाको हुने वा नकआउट शैलीमा हुने भन्ने टुंगो लागेको छैन । सिजन लिग वानमा रोहितको क्लब पर्सिजा जाकार्ताले २ खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here