फिफा सदस्यका लागि १.५ बिलियन डलरकाे राहत काेष

59

एजेन्सी –  फिफाले कोरोनाको कारण आर्थिक सङ्कटको सामना गरिरहेका सदस्यहरुका लागि १ दशमलव ५ बिलियन डलरको राहत कोषलाई मञ्जुरी दिएको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सबै दुई सय ११ देशको लागि राहत कोषलाई मञ्जुरी दिएको हो । सबै देशलाई राहत स्वरुप एक–एक मिलियन डलर दिइने फिफाले जनाएको छ ।

राहतको पहिलो हिस्सा यही वर्षको जुलाईमा दिइनेछ भने बाँकी हिस्सा २०२१ को जनवरीमा बाँडिनेछ ।

कोरोनापछि महिला फुटबलको फिर्तीका लागि कुनै समस्या नहोस् भनेर फिफाले पाँच लाख डलर दिने जनाइएकाे छ ।

यसका साथै ६ अलग–अलग कन्टिनेन्टल बडीलाई पनि दुई दुई मिलियन डलर दिइने  जनाइएकाे
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here