कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

12
काठमाडौं  – नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेको जानकारी दिएका हुन्  । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ ।
बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । गौतमले  नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको कुल संख्या ४ हजार ६५६ पुगेको जानकारी दिएका छन् ।
यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको गाैतमले जानकारी दिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here