पुटिन ८४ वर्ष पुग्दा पनि राष्ट्रपति बन्न सक्ने

140

एजेन्सी-रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ८४ वर्ष पुग्दा पनि राष्ट्रपति बन्न सक्ने भएका छन् । उनको राष्ट्रपति कार्यकाल लम्ब्याउने संवैधानिक मार्ग खोल्ने गरी संविधान संशोधनका लागि भएको जनमतसंग्रहमा अत्याधिक बहुमतको समर्थन भएको छ ।

मतगणनामा संविधान संशोधनको पक्षमा झण्डै ७८ प्रतिशतको समर्थन मिलेको छ । मतगणनाको अन्तिम परिणाम आइसकेकाे छ ।

अब राष्ट्रपति पुटिनलाई सन् २०३६ सम्म शासन गर्न सक्ने बाटो खुलेको छ । पुटिनले संविधानमा नागरिकको हितलाई समेत दृष्टिगत गरी कतिपय विषय समावेश गरेको कारण समर्थन मिलेको जनाइएको छ । संमलिंङी विवाहका सर्मथकहरुका लागि समेत नयाँ व्यवथालाई संविधानमा समावेश गरी मतपत्रमा समावेश गरिएको थियो । पुटिन उनीहरुको मत तान्न सफल भएका छन् । रुसले कोरोना भाइरस विरुद्व चालेको प्रभावकारी कदमले समेत उनलाई कार्यकाल लम्व्याउन मद्दत पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here