राजेश हमाललाई महानायकको उपाधि दिनु गलत

321

काठमाडौं –  नेपाली सिनेमाका चर्चित नायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वाता दिएकी हास्यकलाकार दिपा श्री निरौला विवादमा तानिएकी छन् ।

चौतर्फि विवादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि मागेकी छन् । निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने बताएकी छन् ।

कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणि गरेको निरौलाले बताएकी छन् ।

यस्तै आफ्नो विगत सम्झदै निरौलाले लेखेकी छन्, मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here