फेसबुकले पुनर्मिलन गराइदियाे बाबु छोरीलाई

216

एजेन्सी – विदेशमा अरुको बच्चा गोदमा लिनु ठुलो र गाह्रो कुरा होइन् । तर गोदमा लिएका बच्चाहरुले युवा भएपछि आफुलाई जन्म दिने आमा बाबु खोज्ने प्रयास गर्छन् । इग्ल्यान्डका कार्नवलमा बस्ने कैरेन हेरिस नामकी युवती थिइन् । जसलाई अरु नै दम्पतिले गोदमा लिएका थिए । उनी १८ वर्षको हुँदा आफ्ना आमा बुबा खोज्न धेरै प्रयास गरीन तर हात लागेन ।

उनलाई आफ्नो पिताको नाम भने याद थियो, तर दक्षिण लन्डनमा धेरै अनलाइनमा गएर खोजीगरेर उनले आफुलाई विवाह नगरी जन्माएको र लोक लाजले गर्दा आफुलाई अनाथलयमा जिम्मा लगाएको पत्ता लगाइन् । उनको विवाह गरेर छोरा छोरी हुर्काएपछि पनि फेरी एक पटक बाबु आमा खोज्न थालीन् तर भेटिएनन् ।

एक दिन फेसबुकको फे्रन्ड सजेसन फिचरमा आफ्नै बाबुको नाम देखिन् । ७२ वर्षका बाबुको अनुहार कैरनसँग मिल्दाजुल्दो भएपछि कैरनले फोटो पठाइन् । उनका पितालाई पनि थाहा थियो आफ्नो छोरी अरुलाई जिम्मा दिएको । दुवै जनाको कुराकानी पश्चात भेटघाट भयो र आमा बुबा पहिला घुम्ने स्थानमा बाबु छोरी घुम्न थाले । ५६ वर्ष पछि कैरेनले आफ्नो बाबु भेट्टाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here