आज २३२ कोरोना संक्रमित थपिए : कुल संक्रमित १५ हजार ४ सय ९१

5

काठमाडौं – देशमा दुई सय ३२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १५ हजार ४ सय ९१ मध्ये ६ हजार ४ सय १५ निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ३४ जनाको मृत्यु भइसकेको तथ्यांक छ ।

आज थपिएका संक्रमित संख्या विगत एक महिनामा सबैभन्दा कम संख्या हो । प्रदेशमध्ये सबैभन्दा बढी २ नम्बरमा ४ हजार ८३ र कम बागमतीमा ५ सय २५ जना संक्रमित पत्ता लागेका छन् ।