रणबहादुरले दिईएको यातनाकाे स्मरणमा नेपाल भाषाकाे गीत प्रतियाेगिता हुने

88

काठमाडाैं – आज भन्दा करिव २२३ वर्ष पहिले राजा रणबहादुर शाहले काठमाडौँ उपत्यकामा बिफर रोग  फैलिंदा  दिईएको यातनाकाे स्मरणमा  नेपालभाषाकाे गीत प्रतियाेगिता हुने भएकाे छ ।

कोरोना भन्दा कयौं गुणा ठुलो बेदना भएको पिडा पोखि गाइराखेको ऐतिहासिक सितला माजुको गीतको सम्झनामा नेपालभाषा गीत प्रतियोगिता संगै हुन लागेको नेपालभाषा अक्षयकोष अभियान कार्यक्रम अन्तर्गत रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ l

कोरोनाले गर्दा लक्डाउनको अवस्थामा आफ्नै घरमै बसेर गीत गाएर आफुले खिचेको भिडिओ क्लिप  email : viewchannelace@gmail.com मार्फत जुलाई ३१ तारेख भित्र पठाउन सकिनेछ l

उक्त प्रतियोगितामा सहभागि कलाकारहरुको प्रस्तुति च्यानल एस द्वारा प्रशारण गरिनेछ l

सो प्रतियोगितामा संसारभरका जसले पनि भाग लिन सकिनेछ तर गीत भने नेपाल भाषाको हुनु पर्ने जनाएको छ l

सो प्रतियोगिताको पहिलो दोस्रो तेस्रो गरी बिभिन्न चरणमा गर्ने योजना रहेको छ l १००० जना भन्दा बढी सहभागि हुने आशा गरेको उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १,००,०००(एक लाख ) दोस्रो हुनेलाई रु ५ ०,००० र तेस्रो हुनेलाई रु २५,००० र पांच जनालाई प्रतियोगितामा उत्कृष्ट नेवार भेष भुषा झल्किने पहिरन र सान्त्वना पुरस्कार स्वरूप दश/दश हजारको व्यवस्था गरिएको छ ।

ऐतिहासिक सितला माजु गीत रेकर्ड :

तिहासिक सितला माजु गीत रेकर्ड :

https://soundcloud.com/setopati_multimedia/sitala-maju?fbclid=IwAR0SFKYo-xE9aJDPXZA1E8XuiorZQDT-2Z2_sTlTei32We64DBtVrHNypkA

https://www.youtube.com/watch?v=r-76-7PY8mc

शितला माजु स्वहुने परजाया गथिन हवाल
(हेर्नुस् शितला माजु प्रजाको कस्तो दु:खको हालत)

न्यना मदु खना मदु कचिमचा तय मदु
महाराज हुकुम जुल (1)
(कहिल्यै नसुनेको कहिल्यै नदेखेको कचिमचा(नहुर्केको शिशु) राख्न नहुने माहाराजको हुकुम आयो)

नायखिन बाजन थायका सिपाहिन घेरेयाका
कचिमचा पि तिनाव छ्वत (२)
(कटवाल लगाएर, सिपहिँले घेरेर कचिमचालाई निकालियो)

नसा बजि ब्यकुं च्यसे कचिमचा लुकुं चिसे
वने माल तामाखुसि पारि (३)
(खानलाई बजि(चिउरा) पोको पारेर बोक्दै कचिमचा पिठ्युँमा बाँधेर जानुपर्यो तामाखुसि(तामाकोशी) पारी)

छम्हा मचा लुकुं चिसे छम्हा मचा ब्यकुं च्यासे
छम्हा मचा लुतु लुसे यन (४)
(एउटा बच्चा कम्मरमा बाँधी, एउटा बच्चा पिठ्युँमा बाँधे, एउटा बच्चा तान्दै डोर्याएँ)

यँदेसं दना वना ख्वपदेस बास जुल
तल्जुमाजु दरसन याये (५)
(येँदेस(काठमाडौँ)बाट उठेर ख्वपदेस(भक्तपुर)को बाँस भयो, तल्जु माजु(तलेजु भवानी)को दर्शन गरेँ)

ख्वपदेसं दना वना भोंतबास बास जुल
चण्डेश्वरी दरसन याये (६)
(ख्वपदेस(भक्तपुर)बाट उठेर भोंत(बनेपा)को बाँस भयो, चण्डेश्वरी दरसन गरेँ
पलाञ्चाेक भगवतI)

भोंतं दना वना पलांचोस बास जुल
भगबति दरसन याये (७)
(भोंत(बनेपा)बाट उठेर पलांचोस(पलान्चोक)को बाँस भयो, भगवती दर्शन गरेँ)

पलांचोसं दना वना दोलाघाते बास जुल
भिमसेन दरसन याये (८)
(पलान्चोकबाट उठेर दोलालघाटको बाँस भयो, भीमसेनको दर्शन गरेँ
तामाकाेशी)

दोलाघातं दना वना तामाखुसि बास जुल
वाने मानि तामाखुसि पारी (९)
(दोलालघाटबाट उठेर तामाखुसि(तामाकोशी)को बाँस भयो, जानुपर्छ अझै तामाकोशी पारी)

दाेलालघाट महादेवदोलालघातं दना वना तामाखुसि पारि थ्यन
माहाद्य: दरसन याये (१०)
(दोलालघाटबाट उठेर गएँ, तामाकोशी पारी पुग्यो, म्हादेव दर्शन गरेँ)

नययात नसा मदु तियययात वसः मदु
च्वनेयात बास जिता मदु (११)
(खानलाई खाना छैन, लगाउनलाई कपडा छैन, बस्नलाई बाँस छैन)

लखि मखु पसि मखु न्हाकप्वाचाँ दाया हल
सिपाहिन घेरेयाना हल (१२)
(कोर्रा होइन, कटबाँस होइन, सिस्नोमुठाले पिटे, सैनीकले घेरे)

कै बिम्हा कछला माजु लख जायकिम्ह शितला माजु
यनकिम्ह बछला माजुयाके फ्वने (१३)
(बिफर दिने कछला माजु, पानी भरिदिने शितला माजु, लगिदिने बछला माजुसँग माग्छु)

थ्वहे मचा रहे जुसा जोलिंजोल बखुन ब्वयके
लुँयागु वयागु द्वाफोस्वन छाये (१४)
(यो बच्चा बाँच्यो भने जोडी परेवा उडाउँला, सुन चाँदीको बेलीफूल चढाउँला)

सुरद्य: को म जो थास चिकुं पुना मचा सित
माम बुबां नुगः दायाः ख्वल (१५)
(सुरद्य:(घाम) कम भएको ठाउँमा चिसो लागेर बच्चा मर्यो, आमा बुबा छाती पिटेर रोए)

सिम्ह मचा उय मदु मचा गाले थुने मदु
परजाया गथिन हवाल (१६)
(मरेको बच्चा जलाउन नपाइने, खाल्डोमा गाड्न नपाइने, प्रजाको भयो कस्तो दुखको हातल)

बाह्म मचा मामं जोंसे बाह्म मचा बुबां ज्वंसे
तामाखुसि कुतकाव छ्वत (१७)
(आधा बच्चा आमाले समातेर आधा बच्चा बुबाले समातेर तामाकोशीमा खसालिदिएँ)

गोरखा जुजुन बिनति याहुने परजाया गथिन हवाल (१८)
(गोर्खाको राजालाई बिन्ती गर्दछु, प्रजाको यस्तो दु:ख)

स्वामि जुजुया धरम मदया कचिमचा वाके छ्वत
वाने माल तामाखुसि पारि (१९)
(स्वामी राजाको धर्म नभएर कचिमचा फाल्न पठाए , जानुपर्यो तामाकोशी पारी)

गोरखा देसन वकम्हा नेपाल देसया छत्रपति श्री रणबहादुर
परजान अति दुख सिल (२०)
(गोर्खा देशबाट आएका नेपाल देशको एकछत्र राजा श्री रणबहादुर, प्रजाले अति दु:ख पाए)

मते मते शितला माजु सहस्र बिनति छिके
याहुने लोक उद्धार (२१)
(नगर्नु नगरुनु शितला माजु, बिन्ती गर्छु, गर्नु लोकको उद्दार

सिपाहिन घेरेयाका थ्त देसन पि तिनाव छ्वत (२२)
(सिपाहिँले घेरेर आफ्नो देशबाट निकालियो)

BY Dr. Heranya Raj Rajbhandari

https://theheritagenepal.wordpress.com/…/%E0%A4%B2%E0%A4%B…/

२२३ वर्ष पहिले रणबहादुर शाहले बिफर रोग फैलिंदा काठमाडौंका बाल बालिका र उनको परिवारलाई काठमाडौंबाट जबर्जस्ति पू…..

काठमाडौंमा महामारी हुँदा स्थानियलाई देश निकाला गर्ने राजाअनि उनिहरुको रक्षा गर्ने शितला माजू (भिडियो हेर्नुहोस )

https://www.swadeshnepal.com/2020/06/182947/?fbclid=IwAR2ut8dXbAWi3Weehedu9Ctx5U7KGyym-Vs8brzvYQhzQC3jdeA4mQZ2ACo

30Shares
facebook sharing button
twitter sharing button
email sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here