धावक विल्सन किप्साङमाथि चार वर्षको प्रतिबन्ध

87

एजेन्सी – म्याराथनका पूर्व कीर्तिमानधारी धावक विल्सन किप्साङमाथि चार वर्षको प्रतिबन्ध लगाइएको छ। एन्टी डोपिङ नियम तोडेको भन्दै ३८ वर्षीय केन्याली धावकमाथि प्रतिबन्ध लगाइएको हो।

उनले अप्रिल २०१८ र मे २०१९ को बीचमा एन्टी डोपिङको नियम तोडेको विश्व एथ्लेटिक्सले जनाएको छ।

एक वर्षको अवधिमा तीन पटक नियम उल्लङ्घन गरेमा स्वतस् प्रतिबन्ध हुने व्यवस्था छ। दुई पटक लन्डन म्याराथन जितेका किप्साङले मे २०१९ मा डोपिङ टेस्ट गराएका थिएनन्। उनले ट्राफिक दुर्घटना भएको भन्दै टेस्ट गराउन नसकेको जानकारी दिएका थिए। तर उनले दिएको फोटो अगस्ट २०१९ को भएको पुष्टि भएको थियो। उनीमाथि २०२० को जनावरीदेखि हुने गरी प्रतिबन्ध लगाइएको विश्व एथ्लेटिक्सले जनाएको छ।

सन् २०१२ को लन्डन ओलम्पिकका कास्य विजेता केप्साङलाई गलत तथ्य दिएको भन्दै गत जनावरीमा निलम्बन गरिएको थियो। उनले बर्लिन, न्युयोर्क र टोकियो म्याराथन पनि जितेका थिए। उनी म्याराथनमा कम समयमा दौडिने छैटौं धावक हुन्। उनको म्याराथनमा उत्कृष्ट समय २ घन्टा ३ मिनेट १३ सेकेन्ड हो।

उनले २०१२ र २०१४ मा लन्डन म्याराथन, २०१३ मा बर्लिङ म्याराथन, २०१४ मा न्युयोर्क म्याराथन र २०१७ मा टोकियो म्याराथन जितेका थिए। अब उनले प्रतिबन्धविरुद्ध कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here