अनन्त अपराधको पेशामा दलालतन्त्रका दलालहरु !

10

– भरत दाहाल

अपराधीहरुको न कुनै लक्ष्य हुन्छ न त कुनै गन्तव्य नै

संविधान, बहुमतको सरकार र गणतन्त्रको अर्थ छैन

अर्थ छ केवल साम्राज्यवाद र दलालहरुको अन्त्यमा

३० बर्ष यताको दलाल राज हेरौं ……

कांग्रेसका हातबाट ईण्डो-पश्चिमा साम्राज्यवादले नेपाल विरुद्ध २ वटा मूलभूत कामहरु गर्यो। त्यसले नेपालको अर्थतन्त्र बेचाएर स्वाहा पार्यो र बेरोजगारी सिर्जना गरेर नेपालीहरुलाई देशबाट निकाल्ने योजना अन्तर्गत् वैदेशिक रोजगारीको नीति बनाउन लगायो। शासन प्रणालीलाई प्यादाहरु बुर्कुसि मार्ने मञ्चका रुपमा परिणत गर्न दासढुंगा हत्याकाण्ड गरायो र एमालेलाई कब्जामा लियो। कांग्रेस र एमाले गिनीपिगको स्वरुपमा बदलिएपछि नेपालमा भ्रष्टाचारलाई संस्थागत रुपमा विकास गरिएको यथार्थताबारे आम नेपालीहरु जानकार छन्।

राज्य प्रणालीभन्दा बाहिर समाज पनि थियो। यसमाथि आक्रमण गर्न दोश्रो कदमका रुपमा पुष्पकमल र बाबुरामहरु संगठित गरिए। १० बर्षे युद्धको निशाना नै सामाजिक..सांस्कृतिक संरचना र मूल्यहरु थिए। साम्प्रदायिकताका लागि समाज भत्काउन जरुरी थियो। अर्थतन्त्र र राजनीतिक क्षेत्र समाप्त भैसकेको थियो। सामाजिक-सांस्कृतिक संरचनाहरु पनि छिन्नभिन्न बनाएपछि राज्यको शक्तिकेन्द्र खोक्रो भयो। आड र भरोसा नभएको केन्द्र निरिह हुन्छ भन्ने यथार्थता स्पष्ट छ। त्यही निरिह शक्तिकेन्द्रका रुपमा रहेको दरबारमाथि ०५८ सालमा हमला भयो।

ध्यान दिनुहोस् .. सबै काम तमाम भएपछि अपराधिहरु एक ठाउँमा ल्याईए। यीनीहरुलाई जोड्न गाह्रो थिएन किनकी सबै एउटै केन्द्रबाट चलाईएका थिए। त्यसपछि २०६३ सालदेखि सुरु भयो नेपाल विघटन गर्ने प्रकृया। नेपालीहरुको देशप्रतिको सुदृढ लगावले भनौं वा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको उतारचढावको सौभाग्यले भनौं, साम्राज्यवाद र त्यसका हिंस्रक जगेडाहरुको जोडघटाउ ठ्याक्कै मिल्न सकेन र आपसि खिंचातानी, झगडा र मारकाटका बिचमा संविधान जारी भयो तर संविधानले कसैको पनि पूर्ण रणनीतिको प्रतिनिधित्व गर्न सकेन।

त्यसपछि सुरु भयो अर्को खेल ! कांग्रेस र एमाओवादी गंभिर अपराधमा प्रयोग गरिएर आकर्षणविहिन भैसकेका थिए। एमाले जगेडा शक्तिका रुपमा राखिएको थियो। यसलाई तेश्रो डरलाग्दो मिशनमा प्रयोग गरेर लैजाने रणनीतिमा एमाओवादी खापियो र बहुमतको सरकारलाई संभव बनाईयो। यसको पर्दाभित्रको कारण थियो MCC अर्थात् नेपालमा अमेरीकी सेनाको प्रवेश। तर विश्व शक्ति सन्तुलनमा आएको ठूलो बदलाव र पश्चिमा शक्तिहरुको पतनको रफ्तारले एमसिसि रणनीतिले पनि हावा खायो। यसपछिको कदम शासक दलभित्रको विभाजन हो।

अहिलेको दलिय समिकरणबाट ईण्डियन, अमेरीकन र यूरोपीयनहरुको योजनाको निकास निस्केन। अतः यो समिकरणलाई भंग गर्नु पर्ने आवश्यकता पैदा भयो। पश्चिमा योजनामा दल विभाजनको अध्यादेश, संसद विघटन गरेर संकटकाल लगाउने योजना वा मोदी सत्ताको चाहनामा अस्थिर सरकारको गठन लगायतका जुन प्रयासहरु भैरहेका छन्, यी सबै प्रयासहरुले नेपालको भू..राजनीतिमा ईण्डो-साम्राज्यवादीहरुका साझा रणनीति र ति दुबैका बिचका अन्तर्विरोधहरु एकसाथ प्रतिनिधित्व गरेका छन्। मूख्य पक्ष नेपालमा अराजकता पैदा गर्ने हो।

संविधान सभाबाट संविधानको निर्माण, बहुमतको सरकार, संघीयता, धर्म-निरपेक्षता वा गणतन्त्र यीनीहरु कसैका आफ्ना मुद्दा र आफ्ना आवश्यकता थिएनन्। यी साम्राज्यवादको प्रयोगशालामा प्रयोग गर्न राखिएका रसायन थिए। एउटा रसायनले परिक्षण सफल भएन भने अर्को रसायन प्रयोग गरिन्छ। दलालहरुले भन्ने गरेका सबै कुरा आएर पनि केही नआएको जस्तो गरी अराजकता बढिरहनुको कारण यहाँका दलाल र यीनीहरुको भाँडतन्त्र नै गिनीपिग हुनु हो। नेपालका समस्या भनेकै यीनैहरु हुन्। यीनीहरुको एकमुष्ट अन्त्यको अभियान मात्र देशको समाधान हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here