उपत्यका कोरोनाको उच्च जोखिममा

191

काठमाडौं – काठमाडौं उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले काठमाडौं उच्च जोखिममा पर्दै गएको बताउनुुभयो । उहाँका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको हो ।

वायु सेवाका कर्मचारीलाई कोरोना

नेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । निगमका सात जना कर्मचारीको परीक्षण पोजेटिभ आएको जनाउँदै  डा. पाण्डेले निगमका कर्मचारीसँगै उपत्यकास्थित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गर्नुभयो । कुन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here