प्रमकाे अडान यथावत्, दाहाल प्रतिरक्षामा

92

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानमा यथावत् रहेपछि सत्तारूढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिरक्षामा लागेका छन्। पार्टी फुटालेको आरोप लाग्न सक्ने भयबीच नेता–कार्यकर्ताले देशव्यापी रूपमा एकताका लागि दबाब दिएपछि दाहाल प्रतिरक्षात्मक बनेका हुन्।

ओलीसँग निरन्तर दुईदिन छलफल गरेका दाहालले आफ्नो समूहबाट उठाइएका मागको प्रतिरक्षा गर्न थालेका छन्। ‘पार्टी फुटाउन लागेको भन्दै प्रचारबाजी गरिएपछि एकपटक एक कदम पछाडि सर्दा भोलिका दिनमा विधि र पद्धतिमा पार्टी सञ्चालनमा सहयोग पुग्छ भन्ने हेतुले दाहाल छलफलमा लागेका छन्,’ उनीनिकट स्रोतले भन्यो।

ओलीले सरकार ढाल्न भारत लागेको बताएपछि आक्रोशित नेकपा शीर्ष नेताले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग्दै आएका छन्। यसले ठूलै दरार उत्पन्न भएर पार्टी विभाजनको सँघारमा पुगेपछि दाहाल तत्काललाई पार्टी विभाजन रोक्न आफ्नो समूहले उठाएका मागको प्रतिरक्षामा लागेका हुन्। स्थायी कमिटीमा दाहाल समूहको स्पष्ट बहुमत छ। तर पनि ओलीलाई तत्कालै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने र अध्यक्षबाट राजीनामा दिन लगाउने दुवै निर्णय पार्टीका लागि प्रत्युत्पादक हुने ठान्दै दाहाल सहमति खोज्ने प्रयासमा लागेको आजको नागरिक दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here