देशमा कोरोना संक्रमितको संख्या १६,६४९ पुग्यो , ८ हजार बढी संक्रमण मुक्त

140
काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार  नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् ।
यस्तै कोरोना भाइरसको संक्रमणबाट  बितेको २४ घण्टामा १२० जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेको कुल संख्या ८ हजार ११ जना पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here