प्रहरी निरीक्षकमा कोरोना संक्रमण

164

काठमाडौं – बालाजु प्रहरी वृत्तका कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

वृत्त बालाजुमा अपराध अनुसन्धान तथा कारवाही शाखाका कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको थियो । ५६ जनाको परीक्षण गर्दा मुद्धा शाखाका एक प्रहरी निरीक्षकको रिपोर्ट असार २६ गते पोजिटिभ आएको हो ।

उनी हाल एपीफ हस्पिटल बलम्बुको आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

५४ वर्षिय प्रहरी निरीक्षकको स्थायी घर गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका वडा नं. ११ का निवासी हुन । बालाजुका डिएसपि विनोदसिह राठौरले यस विषयमा आफुलाई आधिकारिक जानकारी नआएको गण्डकी टाइम्सलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here