केएमसीमा मृत्यु भएका पुरुषमा कोरोना

59

काठमाडौं -काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्ण निवासी हुन् । उनी असार १९ गते भर्ना भएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले जानकारी दिए ।

ती पुरुष मिर्गौलाका बिरामी रहेको अस्पतालले जनाएको छ । शुरुमा उनी त्रिवि शिक्षण अस्पताल पुगेपनि निमोनिया भएका कारण आईसियुमा राख्नुपर्ने भएपनि केएमसीमा रिफर गरिएको डा. जोशीले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here