पार्टी चलाउन चीनबाट सिक्नुपर्ने : पम्फा भुसाल

48

काठमाडौं – नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालले पार्टी चलाउन चीनबाट सिक्नुपर्ने बताएकी छन् । चीनसँग पार्टी सञ्चालन सम्वन्धी अभुतपुर्व अनुभव भएकाले पार्टी चलाउन चीनबाट सिक्नु पर्ने उनको भनाई छ ।

झण्डै ७१ बर्षदेखि सत्ता सञ्चालन गरिरहेको चिनिया कम्युनिष्ट पार्टीले पार्टी फुटाउने प्रयास नगरेकोसमेत उनको दावी छ । चिनियाँ राजदूतले शिर्ष नेताहरुलाई भेटघाट गर्नु गलत नभएको तर्क गर्दै उनले जुटाउनका लागि गरिएको प्रयासलाई सकारात्मक रुपमा लिन सिक्नुपर्ने बताईन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेतृ भुसालले सुवेच्छुक देशका राजदूतले पुर्व प्रधानमन्त्रीहरुलाई भेट्नु के नराम्रो कुरा भयो र भनेर प्रतिप्रश्न गरेकी छन् । नेपालमा चिनियाँ सक्रियतालाई स्वागत गर्दै उनले भारतको सक्रियता फुटाउनका लागि र चीनको सक्रियता जुटाउनका लागि भएको दावी गरिन ।

नेकपा नेतृ भुसालले ठोकुवा गर्दै भनिन, ‘चीनले नेपालमा कुनै हस्तक्षेप गरेको छैन, अव पनि गर्दैन ।’तत्कालिन माओवादीले जनयुद्ध गर्दा भारतमा सहयोगमा गरेको र अहिले चिनियाँ पक्षमा उभिएको आरोप बारे गरिएको प्रश्नमा उनले बच्कना कुरा नगर्नुस् भन्दै जवाफ दिन इन्कार गरेकी छन् ।

उनले जनयुद्ध नेपाली जनताले गरेको दावी गर्दै त्यसमा भारतीय संलग्नता थियो भन्नु जनता र आन्दोलनको अपमान भएको टिप्पणीसमेत गरिन । अहिले प्रधानमन्त्री फेरिन्छ की फेरिदैन भन्ने प्रश्नमा पनि उत्तर दिन भने सकिनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here