विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३९ हजार नाघ्यो

116

एजेन्सी  – कोरोना भाइरसबाट विश्वभर पाँच लाख ६७ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ६७ हजार पाँच सय ७४ पुगेको छ।

एक करोड २८ लाख ३९ हजार पाँच सय ६६ जनामा कोरोना संक्रमण भएको छ । विश्वभर अहिलेसम्म ७४ लाख ७७ हजार ६ सय ८३ जना निको भइसकेका छन्।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने ब्राजिल दोस्रो, भारत तेस्रो,रसिया चौथो र पाँचौ नम्बरमा पेरु रहेको छ ।

अमेरिकामा हालसम्म कारोनाबाट एक लाख ३७ हजार चार सय तीन जना, ब्राजिलमा ७१ चार सयय ९०, भारतमा २२ हजार ६ सय ८७, रसियामा ११ हजार दुई सय पाँच र पेरुमा ११ हजार ६ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here