पूर्व अधिराजकुमारीको निधन

171

काठमाडौं – राजा त्रिभुवनकी कान्छी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार निधन भएको छ।उनको हिजा ९२ वर्षको उमेरमा ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा निधन भएको हो ।

भारती मयुरभंज राज्यकी राजमाता थिइन् । त्यहाँका तत्कालीन राजासँग उनको विवाह भएको थियो । भारतीको १७ फेब्रुअरी सन् १९२८ मा नारायणहिटी राजदरबारमा जन्म भएको थियो। भारतीको निधन भएपछि अब राजा त्रिभुवनका छोराछोरी कोही पनि बाँकी रहेनन् ।

यसअघि ठिक १ महिना अगाडि गएको जेठ २८ मा भारतीकी दिदी, पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मी देवी सिंहको ९५ वर्षको उमेरमा दिल्लीमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here