सक्नेले बैंकको ब्याज र किस्ता तिर्नू : महासंघ

164
काठमाडौं – उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ ।
महासंघले कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर भएका बाहेक सबल भएका व्यवसायीहरुलाई बैंकको किस्ता र ब्याज तिरिदिन आग्रह गरेको हो । तर आर्थिक अवस्था अत्यन्त कमजोर भएका र बैकिङ किस्ता ब्याज चलाउन नसक्ने अवस्थामा रहेकाहरुलाई भने महासंघले नआत्तिन भनेको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।

व्यवसायीहरुको समस्या र हकहितका लागि सदैव लागि रहने भन्दै महासंघले सो पक्षमा समेत सरकारसँग लबिङ गरिरहेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here