ओली सरकार पाँच वर्ष रहे नेकपा समाप्त

258

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष रहे नेकपा समाप्त भएर जाने जनाएका छन् ।

सोमबा साहना प्रधान प्रतिष्ठानले आयोजना गरेको ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यही सरकार पाँच वर्ष रहे नेकपाको जनमत समाप्त हुने जनाएका हुन् ।

‘पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने । यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ,’ उनले भने, ‘अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनुभएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।’

वरिष्ठ नेता खनालले नेकपा, सरकारमा सुधार गर्नुपर्ने औंल्याएका छन् । त्यसरी अघि बढे आगामी निर्वाचनमा पनि नेकपाको बहुमत आउने दाबी गरे ।

‘पार्टी भित्रै सुधारको आवश्यकता छ । सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्दछ । सरकार, नीति, कार्यक्रमलाई पुनर्गठन गर्नुपर्दछ,’ उनले भने, ‘जसले गर्दा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिन्छ । पार्टीले ल्याएको दुई तिहाई सरकारले खाइसकेको छ । तत्कालाई दुई तिहाईको कल्पना गर्न सक्दैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here