चक्कु प्रहारबाट मृत्यु अभियुक्त पक्राउ

64

रामेछाप  – मन्थली नगरपालिका-२ कठजोर धानखोरिया बस्ने ५१ वर्षीय दिल बहादुर श्रेष्ठले सोमबार साँझ चक्कु प्रहार गर्दा सोही ठाउँ बस्ने ६२ वर्षीय बिनोद कुमार श्रेष्ठको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने बिरामी महिलालाई बिनोद कुमार लगायत ३ जनाले झारफुक गरी सँगै  फर्कने क्रममा दिलबहादुरले बीच बाटोमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बिनोद कुमारको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो । चक्कु प्रहार गर्दा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । चक्कु प्रहार
गर्ने दिल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here