कोरोनले भयावह अवस्था ल्याउन सक्छ

209

एजेन्सी –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९) अझै भयानक हुन सक्ने चेतावनी दिएको छ । सोमबार डब्लुएचओले कोरोना भाइरसका लागि सावधानी नअपनाए अवस्था भयावह हुने सक्नेतर्फ सचेत गराएको हो ।

‘म सिधा कुरा भन्छु, धेरै राष्ट्रहरु गलत दिशातिर गइरहेका छन्, यो भाइरस आम मानिसको शत्रु बनिरहेको छ’, डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोमले भने, ‘कोरोना भाइरस रोकथामका लागि राष्ट्रहरुले उचित सावधानी नअपनाए संक्रमित अझै बढ्नेछन् ।’

‘धेरै राष्ट्रहरुले कोरोना रोकथामका लागि प्रगति गरेका छन् तर विश्वभर हेर्दा खासमा यो बढिरहेको देखिन्छ’, उनले भने,‘हामी सबैलाई यो हराओस्‌जस्तो लागेको छ । हामी आफ्नो सामान्य जीवनमा फर्किन चाहन्छौँ तर दु:खको कुरा यो महामारी अहिले सकिँदैन ।’

रोकथामका लागि उनले टेस्ट, ट्रेस, आइसोलेसन र क्वारेन्टाइन बढाउनु पर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here