डिसेम्बरमा १७७ किलो थियो तौलः
डिसेम्बरमा झाउको तौल १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल २७८ पुग्यो । ८ अप्रिलमा जब चीनमा लकडाउन हटाइयो झाउ आफ्नो बढ्दो तौलका कारण हिँड्डुल गर्न सकिरहेका थिएनन् । सास फर्न समस्या भइरहेको थियो । उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने भयो ।
४८ घण्टासम्म निद्रा लागेनः
ऊहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मे मा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको जानकारी दिएको बताए । उनका अनुसार बिरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो र निकै मुश्किलले कुरा गरिरहेका थिए । त्यसको भोलिपल्ट स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको डाक्टरले जानकारी दिए ।
१० व्यक्तिको सहयोगमा अस्पताल पुर्याइयोः
झाउललाई ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको हो । परीक्षणपश्चात् उनको ‘हार्ट फेल्योर र रेस्टिरेटरी डिसफङ्सन’ भएको पत्ता लाग्यो । चिनियाँ मिडियाका अनुसार ९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा अब झाउको स्थिती सुधारोन्मुख छ ।
शल्यक्रियापश्चात् सुध्रियो स्थितीः
तौल कम गर्नका लागि झाउको शल्यक्रिया भएको छ । शल्यक्रियाको क्रममा एउटा हिस्सा हटाइएको छ । डाक्टरका अनुसार अबको तीन महिनामा झाउले २४ किलो तौल घटाउनु पर्नेछ । यसमार्फत् शल्यक्रियाको खतरा घट्ने गर्छ ।