इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको पदावधि थप

111

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई पुन नियुक्त गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । असार मसान्तमा पाण्डेको कार्यकाल सकिँदै थियो ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका पाण्डेले १९८७ मा एनआइडीसी हुँदै तत्कालिन इन्डोस्वेज बैंकमा जागिर सुरु गरेका थिए । इन्डोस्वेज बैंकमा काम गर्दा गर्दै हिमालयन बैंकमा सन् १९९२ देखि २००२ सम्म काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here