पार्टीकाे नामामा चन्दा आतंक भइरहेकाले सजक रहन आग्रह

211

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले आफ्नो पार्टीको नाममा फर्जी ब्यक्तिहरुले ब्यावसायीहरुबाट चन्दा संकलन गरेकोले सजक रहन आग्रह गरेको छ ।

जिल्ला सेक्रेटरी भगवानराजले व्यापारी व्यावसायीहरुलाई पार्टीको नाममा फर्जी व्यक्तिहरुले चन्दा उठाउने गरेको भन्दै सजग रहन अनुरोध गरेका हुन् ।
प्रहरीले पश्चिम दाङको बबई गाउँपालिकाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नामबाट चन्दा माग गर्ने २ जना व्यक्तिहरुलाई पक्राउ गरेपछि जिल्लाका सबै व्यापारी व्यवसायीहरुलाई पार्टीको नामबाट गरिएको यस्ता क्रियाकलापबाट सचेत रहन अनुरोध गरेका हुन् ।
क्रान्तिकारी पार्टीको बदनियत गर्न र आफ्नो कमाउधन्दा चलाउन पार्टी भन्दा बाहिरका व्यक्तिहरुले सर्वसाधारण, व्यापारी, व्यवसायीहरुलाई फोन गर्ने, आफु विप्लवको मान्छे बताउने र मोटो रकमको माग गर्ने गरेको रिपोर्ट पार्टीमा आइरहेको र सुक्ष्म रूपमा पार्टीले अनुसन्धान थालिएको भगवानराजले बताएका छन् ।
पार्टी र क्रान्तिकालागि कसैले सहयोग गर्न चाहेमा पार्टीको आधिकारिक व्यक्ति पहिचान गरेर मात्र सहयोग गर्न र फोन गरेकै भरमा आधिकारिकता पहिचान नगरी सहयोग नगर्न सबै व्यापारी व्यवसायीहरुलाई अनुरोध गरेका छन् । यस अघि पनि विप्लव नेतृत्वको नेकपाको नाममा विभिन्न फर्जी ब्यक्तिहरुले काठमाडौँ लगायत देशैभरी चन्दा संकलन गर्ने गरेको गुनासो आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here