लिम्पियाधुरा पुस्तकमा

96

काठमाडौं –  सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा, समग्र सीमासम्बन्धी तथ्यप्रमाण समेटेर पुस्तक प्रकाशन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सीमासँग जोडिएका विषयलाई विस्तृत रूपमा पुस्तकमा लिपिबद्ध गर्न नापी विभागमार्फत कामको थालनी गरेको हो।

‘कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्यप्रमाणहरूसहित निकट भविष्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौं’, मन्त्री पद्माकुमारी अर्यालले भनिन्।

मन्त्रालयको नेतृत्वमा भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले अगाडि बढ्न जमर्को गरिरहेको मन्त्री अर्यालले बताइन्। विगतभन्दा सिर्जनशील, प्रगतिशील र मौलिक ढंगले अगाडि बढ्ने प्रयत्नमा रहेको उनको भनाइ थियो।

उनले राष्ट्रियताका सन्दर्भमा सिंगो राज्यलाई सहयोग पुग्ने गरी मन्त्रालयले महत्वपूर्ण काम गरेको बताइन्। विगतमा छुटाइएका भूभाग समेटेर नेपालको नक्सा जारी गरेको उनको भनाइ थियो।

मन्त्रालयले प्रकाशन गरेको भूमि शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरूको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक मन्त्री अर्यालले विमोचन गरेकी थिइन्। भूमि शब्दकोषले भूमिसम्बन्धी शब्दबारे ज्ञान बाँड्ने, कमजोरी सच्याउने उनको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here