यसरी पत्ता लाइन्छ गर्भमा छोरा–छोरी

219

एजेन्सी –  जब एक महिला आमा हुन्छिन् तब उनले यो संसारको खुशी प्राप्त गर्छिन् । एउटी आमालाई छोरा जन्मिओस् वा छोरी कुनै चिन्ता हुँदैन । तर समाजले अझैपनि छोराको नै खोजी गर्छ । कति छोरी त छोरी भएकै कारण भ्रुण नै मारीन्छन् । गर्भमा छोरा छ वा छोरी पत्ता लगाउन विभिन्न उपकरण आएका छन्, जुन कानुन विपरित छन् ।

भारतको झारखण्डको एक गाउँमा एक यस्तो पहाड छ जहाँ कुनै जाँच बिना गर्भमा छोरा छ वा छोरी पत्ता लाग्ने विश्वास गरिन्छ । निःशुल्क पत्ता लगाउदै आएको यो विधिले ४ सय वर्ष देखि जानकारी दिदै आएको छ । ४ सय वर्ष पुरानो नागवंशी राजाहरुको शासनकालदेखि चलिआएको यो एक प्रकारको परम्परा हो । मानिसहरुले चन्द्रमाको आकारको आकृतिले नवजात शिशु बारेमा जानकारी दिने विश्वास लिएका छन् ।

गर्भवती महिलाले एक स्थानबाट ढुंगाले पहाडको चन्द्रमा आकारको आकृतिमा हान्दा चन्द्रमाको बीचभागमा लागेमा छोरा र चोट बाहिर लागेमा छोरी जन्मने विश्वास गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here