देशभर पाँच दिनसम्म वर्षा हुने सम्भावना

73

काठमाडौं- आजबाट लगातार पाँच दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन अनुरोध गरेको छ ।

अबको पाँच दिन पहाडी भू भागका स साना नदी नालामा समेत आकस्मिक बहाव बढ्ने सम्भावना भएकाले जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन भनेको छ । प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जोखिम रहेको स्थानमा मानिसहरुलाई सुरक्षित स्थानमा सर्न समेत आग्रह गरेका छन् ।

यसवर्ष मनसुन शुरु भएयता ठुलो जनधनको क्षति भइसकेको छ । प्राधिकरणको तथ्यांक अनुसार एक सयभन्दा बढी व्यक्तिको बाढी पहिरोले मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here