नारायणी नदीको जलसतह खतराकाे बिन्दुमा, सतर्कता अपनाउन आग्रह

179

 

भरतपुर – निरन्तरको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सुचना जारी गर्दै बिहान १० बजे नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता खतराको तहमा पुगेको र बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पनि नदी तटमा बस्नहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।  “चितवनतर्फ भरतपुर महानगरको वडा नम्बर १६,२६,२७ र २८ का बासिन्दा नारायणी नदी कटान तथा डुबानको उच्च जोखिममा रहेकाले उच्च सर्तकता रहनुहोला”, प्रजिअ भट्टराईले सुचनामा भन्नुभएको छ ।

यस्तै राप्ती नदीको सतह पनि क्रमशः बढ्दै गएकाले नदी किनारका बासिन्दाहरूलाई पनि सर्तक रहन उहाँले आग्रह गर्नुभएको छ । राप्ती नदीमा बाढी आए विशेष त रत्ननगरको सौराहा र भरपुरको २२, २७ र २८ मा असर गर्छ । गाेरखा पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here