यातायात व्यवसायीले श्रावण ८ गतेदेखि सवारी सञ्चालन गर्ने घोषणा

106

काठमाडौं – यातायात व्यवसायीहरुले आगामी श्रावण ८ गतेबाट सार्वजनिक यातायातका सवारी साधन चलाउन आव्हान गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मलेन गर्दै यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले यस्तो आव्हान गरेको हो ।  उनीहरुले लामो दुरीको सवारी साधन सञ्चालन गर्ने वातावरण मिलाउन पनि सरकारसँग माग गरेको छ ।

यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्तरुपमा सरकारसँग यस्तो माग गरेका हुन् ।

महासंघसहितको ४ वटा संघले सके देशैभरी लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्न र नसके प्रदेशस्तरमा भनेपनि गाडि संचालन गर्न सरकारसँग माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here