उपत्यकाकाे सडकमा लकडाउन खुलेसँगै जाम

191

काठमाडौं – एक सय दुई दिन लामो लकडाउन अन्त्य भए पश्चात  बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ ।

लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ ।  सडकमा निजी तथा सार्वजनिक सवारी साधनहरु बाक्लो संख्यामा देखिएका छन् । तिनको व्यवस्थापनमा ट्राफिक प्रहरी व्यस्त छन् ।

त्यसो त सरकारले लकडाउन खुकुलो बनाएदेखि नै काठमाडौंका सडकमा सवारी साधनहरु बढी नै देखिन्थे । भिडभाड बढेपछि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । तर मंगलबार मध्यरातिदेखि लकडाउन पनि अन्त्य र जोरबिजोर पनि खारेज भएपछि सडकमा सवारी साधनको लामो ताँती देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here