त्रिविकाे परीक्षा भदौ पहिलो साताबाट हुने

89

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षाहरु भदौ पहिलो साताबाट गर्ने निर्णय गरेको छ।

रजिस्ट्रार पेशल दाहालले स्थगित परीक्षाहरु पुनः गर्ने निर्णय गरिएको जानकारी दिए। परीक्षा दसैंअघि सक्ने र दसैंपछि अन्य नियमित परीक्षा गर्ने त्रिविको तयारी छ। यसैबीच, त्रिवि जनसम्पर्क तथा सूचना महाशाखाले त्रिविका क्याम्पसहरु साउन ७ देखि खुल्ने जनाएको छ।

महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै साउन ७ बाट क्याम्पसहरु सुचारु गरिने जानकारी दिए। विश्वविद्यालयको प्रशासन असार १ गतेदेखि खुले पनि त्रिविले शिक्षकहरुलाई बिदा दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here