फुटबल खेलाडीकाे अभिनय रहेकाे ‘अफसाइड’ सार्वजनिक

143

काठमाडौं – मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठसहित अन्य फुटबल खेलाडीहरु अभिनित वेब सिरिज ‘अफसाइड’ को पहिलो भाग सार्वजनिक भएको छ । फुटबल खेलाडी र नेपाल फुटबल एजेन्टको सहकार्यमा तयार पारिएको सिरियल युट्युवमार्फत बिहीबार सार्वजनिक गरिएको हो । सिरिज १२ भागसम्म तयार पारिने सिरिजका निर्देशक सुगनकुमार तण्डुकारले जानकारी दिए ।

कोभिड १९ का कारण फुटबलसहित अन्य खेलमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमन असर परेको अवस्थामा खेलाडीलाई मनोवैज्ञानिक रुपमा सकारात्मक सन्देश दिनका लागि सिरिजको निर्माण गरिएको तन्डुकारले जनाएका छन्।

सिरिजमा राष्ट्रिय टिमबाट खेलिसकेका कमल र संकटाका कप्तान समेत रहेका रवि सिलवाल, ए डिभिजन फुटबल क्लबबाट खेलेका खेलाडीहरु आशिक थापा, एनआरटीका डिकेस खड्का र सकल रेग्मी, एपीएफ क्लबका राजु नगरकोटी, जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक तण्डुकारको अभिनय रहेको छ ।

खेलाडीहरुलाई मानश्री थिएटरकी कलाकार अनुजाले सहयोग गरेको बताइएको छ । सिरिजका अन्य भाग नियमित रहने निर्देशक तन्डुकारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here