त्रिभुवन राजपथमा पर्ने पालुङ-नौबिसे सडकखण्ड अवरुद्ध

422

टिस्टुङ- त्रिभुवन राजपथअन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए।

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र  दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here