अमेरिका जाने लोभमा ठगिए

66

 काठमाडौं – अमेरिकाको डीभी परेको जनाएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।

डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट युवालाई फलो गरेर प्रलोभन देखाइ उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । ठगी गरेर लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरुले डीभी परे पनि लकडाउनका कारण नेपाल बस्दै आएको बताउने गरेका थिए । नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र त्यसका लागि पैसा आवश्यक परेको बताएर उनीहरुले पैसा लिने गरेको पाइएको छ ।

शर्माले बुबाको नाममा समेत फेक आईडी बनाएर ढुकुटीको पैसा तिर्ने बहानामा पनि पैसा लिएको पाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here