१०४ वर्षकाे उमेरमा हलिउड स्टार हेभिल्यान्डकाे निधन

13

एजेन्सी- हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो ।

ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो । जापानको टोकियोमा सन् १९१६ मा जन्मिएकी उनी परिवारसँग क्यालिफोर्नियामा परिवारको साथमा पुगेकी थिइन् ।

करिअर अवधिमा ५० वटा फिल्ममा अभिनय गरेकी हिेभिल्यान्ड सन् १९३९ मा प्रदर्शनमा आएको गन विथ द विन्डकी नायिका हुन् । उक्त फिल्म ओस्कारको नोमिनेसनमा परेको मध्ये हेभिल्यान्ड अभिनित लोकप्रीय चलचित्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here