संसारभर काेभिड १९ संक्रमितकाे संख्या १ करोड ६१ लाख, ६ लाख ४७ हजारको मृत्यु

155

एजेन्सी – संसारभर कोरोना (काेभिड १९) संक्रमितको संख्या १ करोड ६१ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ६१ लाख ८९ हजार ५ सय ८१ पुगेको हो। विश्वभर ६ लाख ४७ हजार ७ सय ८४ को मृत्यु भइसकेको छ भने ९३ लाख ४४ हजार ८ सय ८३ निको भएका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख २९ हजार ६ सय २४ पुगेको छ। त्यहाँ १ लाख ४६ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ।

ब्राजिलमा २४ लाख १९ हजार ९१ संक्रमित र ८७ हजार ४ को मृत्यु, भारतमा १३ लाख ८५ हजार ६ सय ८५ संक्रमित र ३२ हजार ६३ को मृत्यु तथा रुसमा ८ लाख ११ हजार ७३ संक्रमित र १३ हजार २ सय ४९ को मृत्यु भएको छ।

यस्तै, दक्षिण अफ्रिकामा पनि संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। त्यहाँ ४ लाख ४५ हजार ४ सय ५३ संक्रमित छन् भने ६ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here