यस बर्ष कसले जित्ला युरोपियन गोल्डेन बुट ?

207
एजेन्सी – सन् २०१९-२० को सिजन युरोपियन गोल्डेन बुटको होड अझै खुल्ला छ । सिरी ए मा अन्तिम दुई चरणको खेल बाँकी रहँदा गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ । यस अवार्डका लागि तीन खेलाडी मुख्य दाबेदारको रुपमा छन् । अहिलेसम्म जर्मन बुण्डेसलिगा क्लब वायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्की अघि छन् । उनले ३४ गोल गर्दै ६८ अंक जोडेका छन् ।
यसका साथै  सिरी ए क्लब लाजियोबाट खेल्ने सिरो इम्मोबाइलले पनि ३४ गोल नै गर्दै ६८ अंक जोडेका छन् । उनले अझै दुई खेल खेल्न बाँकी छ । यस्तै सिरी ए मा युभेन्ट्सबाट खेल्ने क्रिस्टियानो रोनाल्डोले ३१ गोल गरेका छन् र उनको ६२ बटुलेकाे छ ।

अब बाँकी खेलमा गोल थप्न सके इम्मोबाइलले गोल्डेन बुट जित्ने सम्भावना बढी छ । यदी इम्मोबाइलले थप गोल गर्न नसकेकोमा समान गोल गर्नेमध्ये जसले थोरै मिनेट खेल खेलेको छ त्यही खेलाडी शीर्ष स्थानमा रहनेछ । पोलिस फरवार्ड लेवान्डोस्कीले २ हजार ७६२ मिनेट खेलेका छन् । इम्मोबाइलले २ हजार ९९५ मिनेट खेलेका छन् ।

अझै दुई खेल खेल्न बाँकी रहेकोले इम्मोबाइललाई फाइदा छ । लाजियोले ब्रेस्किअ र नापोलीसँग खेल्न बाँकी रहेकाे छ । यस्तै तेस्रो स्थानमा रहेका रोनाल्डोले पनि अझै दुई खेल खेलन बाँकी छ । उनको क्लब युभेन्ट्सले काग्लियारी र मा विरुद्ध खेल्न बाँकी छ । बाँकी दुई खेलाडीलाई भेट्न रोनाल्डोलाई ३ गोल आवश्यक छ भने ४ गोल गरेमा उनि अघि पुग्नेछन् । रोनाल्डोले दुई खेलमा ४ गोल गर्न सके र इम्मोबाइल दुई खेलमा गोलविहिन बने मात्र रोनाल्डोले अवार्ड जित्न सक्नेछन् । रोनाल्डोले २ हजार ८२९ मिनेट खेलेकोले ६४ लेवान्डोस्की समान गोल गरेपनि उनी पछि हुनेछन् ।

सन् २०१९-२० गोल्डेन बुट दाबेदारीमा रहेका खेलाडीहरुमारोवर्ट लेवान्डोस्की (बायर्न म्युनिख) : ३४ गोल (६८ अंक), सिरो इम्मोबाइल (लाजियो) : ३४ गोल (६८ अंक), क्रिस्टियानो रोनाल्डो : ३१ गोल (६२ अंक), टिमो वेर्नर आरबी लाइपजिग : २८ गोल (५६ अंक), लिओनल मेसी (बार्सिलोना) : २५ गोल (५० अंक), एर्लिन हालाण्ड (आरबी साल्जवर्ग/डर्टमण्ड) : २९ गोल (५० अंक) रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here