विप्लव नेकपाका चितवन जिल्ला इन्चार्जसहित ८ जना गिरफ्तार

228

काठमाडौं – विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’ र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला इन्चार्ज बीसी र विकलाई प्रहरीले पूर्वी चितवनको रतौलीबाट गिरफ्तार गरेको जनाइएकाे छ । बीसी, विकसहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको खबर प्राप्त भएको छ । बीसी र विकसँगै गिरफ्तार हुने अन्यको नामावली प्राप्त भएको छैन । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।

सरकार फरक राजनीतिक आस्थाकै आधारमा नेकपाका नेता–कार्यकर्ताहरूलाई घरघरमा छापामारेर गिरफ्तारी, दमन र धरपकडमा उत्रिएको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here