अवैध रुपमा भित्र्याइएको १५ किलो ‘सुन’ बरामद

233

काठमाडौं – काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भएरनभएको परीक्षणका लागि पठाइएको छ ।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले जनाएका छन् ।  यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here