नवलपरासी मालपोतमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

46

काठमाडौं-नवलपरासी सदरमुकाममा रहेको मालपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर खुलेको छ। बुधबार मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर शुभारम्भ गरिएको हो।

मालपोत कार्यालयका निमित्त प्रमुख वेदप्रसाद भण्डारी र प्रभु बैंकको प्रदेश ५ प्रमुख सुभाष कुँवरले काउन्टरको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउन्टर विस्तार भएसँगै अब सेवाग्राहीले मालपोतमा बुझाउनुपर्ने सम्पूर्ण राजस्व प्रभु बैंकमार्फत् बुझाउन सक्नेछन्।

प्रभु बैंक परासीका शाखा प्रमुख दीर्घ न्यौपानेले एक्सटेन्सन काउन्टर विस्तारसँगै मालपोत जाने सेवाग्राहीलाई सहज हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here