लाहौरमा बिरालोको बच्चामाथि सामूहिक बलात्कार

240
एजेन्सी  पाकिस्तानको लाहौरबाट पशु क्रुरताको एउटा यस्तो खबर सार्वजनिक भएको छ जसमा मानवतालाई लज्जित पारिदिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरुले एक बिरालोमाथि क्रुरतापूर्वक सामूहिक बलात्कार गरेका कारण बिरालोको बच्चाको मृत्यु भएको पशु अधिकार संगठनले जानकारी दिएको छ ।
पशु अधिकार संगठन जेएफके एनिमल रेस्क्यू सेल्टरले घटनाको जानकारी आफ्नो फेसबुक ह्यान्डलमा साझा गर्दै किशोरहरुको जघन्य अपराधबारे जानकारी दिए ।

पशु अधिकारका लागि काम गर्ने संगठनको फेसबुक पोस्ट अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरुले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरुले एक हप्तासम्म सामूहिक बलात्कार गरे जसका कारण बिरालोको आन्तरिक अङ्ग गम्भीर रुपमा क्षतीग्रस्त भयो ।

जेएफके एनिमल रेस्क्य एन्ड सेल्टरले भन्यो, ‘ऊ हिँड्न सकिरहेको थिएन, उसले खान सकिरहेको थिएन, बस्न सकेको थिएन, ऊ पीडाका कारण कहिले सुत्न पनि सकेन ।’

जब बिरालोलाई पशु चिकित्सककोमा पुर्याइयो तब बिरालोको आन्तरिक अङ्गबाट शुक्रकिट र रगत निस्कियो । संगठनले बिरालोको बच्चाको भयानक स्थिती देखेपछि त्यसै इलाकामा बस्ने एक युवतीले आरोपीसँग बिरालोको बच्चालाई सुम्पिन भनेको थियो, तर उनीहरुले अस्विकार गरेको समाचारमा उल्लेख छ ।

बिरालोको बच्चालाई उपचारका लागि लगेपनि उसलाई बचाउन भने सकिएन । पशु अधिकार संगठनले भन्यो, ‘बिरालोको बच्चालाई गाडिएको छ र निश्चित रुपमा अब ऊ भगवान भएठाउँ होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here