संसारभर कोरोनाबाट कुन देशमा कति जनाकाे मृत्यु भयाे यस्ताे छ ?

76

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४७ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।

तिब्र रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा संक्रमित थपिएका छन् । जहाँ ६४ हजार ७ सय ९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ४४ जनाको मृत्यु भएको छ ।

भारतमा ४९ हजार ६ सय ३२ जना संक्रमित थपिएका छन् भने ७ सय ७६ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ हजार १ सय ६९ जना संक्रमित थपिदा ९ सय ५५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोलम्बियामा १० हजार २ सय ८४ जनामा संक्रमण देखिएको छ भने २ सय ९७ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ७ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि हुँदा १ सय ९० जनाको मृत्यु भएको छ ।

त्यस्तै अर्जेन्टिनामा ५ हजार ९ सय ३९, रुसमा ५ हजार ३ सय ९५, पेरुमा ५ हजार २ सय ८८, मेक्सिकोमा ४ हजार ९ सय ७३, बंगलादेशमा २ हजार ९ सय ६०, पकिस्तानमा ९ सय ३६ जनामा संक्रमित थपिएका छन् ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ३ सय ११ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएकोछ । अहिलेसम्म नेपालमा कोरोनाबाट १९ हजार ६३ जनामा संक्रमण पुष्टि हुँदा ४९ जनाको मृत्यु भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोनाबाट अहिलेसम्म १ करोड ६६ लाख ६४ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् । ६ लाख ५८ हजार ९ सय १४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here