नेकपा के.स. को बैठकको मागको अर्थ र औचित्य ! – नारायण शर्मा, केन्द्रीय सदस्य नेकपा 

245

हाम्रा नेताहरु विचार र सिद्धान्त, नीति र विधि, विधान र प्रतिवेदन, पद्धति र प्रकृया, पार्टीको घोषणापत्र र चुनावी घोषणापत्र अनि लिखित र मौखिक प्रतिबद्धता र बचनबद्धता अनुसार चलेको वा चल्ने भए देस, जनता, पार्टी र क्रान्तिको यो बेहाल हुने नै थिएन १ तैपनी ‘सास रहेसम्म आसू र ‘डुब्ते नाव का तृण सहारा’ भनेझैं ढिलै र ढल्नै लागेको अन्तिम अवस्थामा त नेताहरुको चेत्बुद्धी पनि पलाउला कि भनेर नेकपाका डेढ सय बढी केन्द्रीय सदस्यहरुद्वारा पार्टी विधानको प्रावधानमा टेकेर हालै केन्द्रीय समितिको बैठकको माग गरिएको छ ।

हुनपनि विधानको प्रावधान र  आवश्यकता अनुसार बैठक न गर्ने, स्थायी समितिको बैठक माग गर्दा १५ दिनमा बोलाउनु पर्नेमा २ महिनापछि मात्र बोलाउने, ३ दिनमा सक्नुपर्ने बैठक ३० दिनमा पनि नसक्ने, आफैले अर्का अध्यक्षसँग सहमति गरेर बोलाएको बैठक संचालन गर्नतिर नलागेर बैठक सुरुहुने बेलामा एक्लै स्थगित गरिदिने, बैठकमा आएका दुईतिहाई नेताहरुलाई सम्बोधन गर्नुको साटो हेर्न पनि नचाहेर पेण्डुलम बनाउने र यसरी सहकर्मी नेताहरु, स्थायी समितिको बैठक, आफ्नै नेतृत्वको पार्टी, चालू क्रान्ति र आफ्नै देस र जनतालाई नै अनिर्णय र अकर्मण्यताको सिकार बनाउने दुस्साहस गर्नु पार्टी अध्यक्ष केपी ओलीका अपराधजनक कार्यहरु हुन् १ यसैगरी आफूले नेतृत्व गरेको पार्टी र सरकारका मन्त्री(प्रशासकहरुद्वारा कोरोनाको महामारीको यो बेलामा स्वास्थ्यसामाग्री खरिदमा समेत अनियमितता गर्दै-गराउँदै आफ्ना भ्रष्ट, दुष्ट, निकृष्ट र पापिष्ट कृयाकलापहरु मार्फत देस र जनतालाई नै बन्धक बनाई घात गर्ने कार्यहरु पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट नै भए-गरेका अक्षम्य अपराधहरु हुन् १ यस्तै, अर्का कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले वा दाहालले ओलीलाई सम्झाउन र साथलिन पनि नसक्ने अनि निगरानी, नियमन, नियन्त्रण र निषेध गर्न पनि नसक्ने गरेर किंकर्तब्य विमुढ भैरहेको आजको यो जटिल अवस्थामा टेस्टेड यी नेताहरुलाई ससम्मान विदाई गर्न पनि आवस्यक भएको छ १ अतस् देस, जनता, पार्टी र क्रान्तिको उपरोक्त गम्भीर, संवेदनशील, क्रिटिकल र विस्फोटक अवस्थामा एउटा सकारात्मक निकास दिदै तत्कालीन र दीर्घकालीन समस्या र आवश्यकतालाई संबोधन गर्ने विधि र बाटो भनेको सामूहिक छलफल र निर्णय नै हो १ त्यही सामूहिक छलफल र निर्णयलाई मूर्त रुप दिने हैसियत भएको आधिकारिक र जिम्मेवार निकाय केन्द्रीय समिती र यसको बैठक नै भएकाले केन्द्रीय समितिको बैठकको आवश्यकता खट्किएको हो १ आवश्यकताका दृष्टिले मात्र होइन, पार्टी विधानको घोषित प्रावधान अनुसार पनि ६-६ महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था भए अनुसार पनि गत माघ १५ गते बसेको बैठक पछि ६ महिना बितिसक्दा समेत केन्द्रीय समितीको बैठक बोलाउने सुरसारसम्म नभएकोले र पार्टीभित्रका हरेक समस्याको अन्तिम समाधान र राज्यभित्रका समस्याको सुरुवाती समाधान खोज्ने आधिकारिक, औपचारिक र जिम्मेवार निकाय पनि पार्टीको केन्द्रिय समिती नै हो । अनि उपरोक्त समस्या समाधानमा दुवै अध्यक्ष, सचिवालय र स्थायी समितिसमेतका कतिपय उच्च नेता र निकायहरु असक्षम र असफल भैसकेकोले अब यिनको विकल्प खोज्न पनि केन्द्रीय समितिको यो बैठकको माग भएको हो । स्मरणीय छ, तीन महिनामा टुङ्गाउने भनिएको एकताप्रकृया पनि आज दुई बर्षभन्दा बढी हुँदा समेत टुङ्गाउन पनि यी नेता र निकाय असफलै भएको जगजाहेरै छ १

 यसैगरी भारतद्वारा मिचिएका भूभागहरु फिर्ता गराउनको लागि यति लामो समयसम्म पनि कुनै ठोस, दृढ र सशक्त अनि प्रभावकारी र परिणाममुखी कदम चाल्न समेत नसक्नेस पार्टी संयन्त्रद्वारा ःऋऋ सर्वाधिक घातक परियोजना भएकोले यथास्थितिमा स्वीकार नगर्ने(नगराउने निर्णय दिंदा पनि त्यसलाई नो भन्नरगर्न नसक्ने अनि आफ्नै घोषित नीति र विधिअनुसार पार्टी र सरकारलाई ट्र्याकमा हिंडालेर कोरोना र भ्रष्टाचार जस्ता तात्कालिक र दीर्घकालीन महामारीहरुलाई नियन्त्रसम्म गर्न पनि नसक्ने नेता र निकायहरुको अर्थ, औचित्य र आवश्यकता पूर्णरुपले समाप्त भैसकेको छ १ त्यसैले अब यी सबैको विकल्प खोज्न र रोज्नको लागि समेत केन्द्रीय समितिको यो बैठक औपचारिक, आधिकारिक र विधि-पद्धतिसम्मत तरिकाले  माग गरिएको हो १

यो मागपछि पार्टी विधानअनुसार केन्द्रीय समितिको बैठक तोकिएकै समयभित्र बोलाइएमा राम्रै हुनेछ । कथं बिगतमा जस्तै ढिलाढाला र आलटाल गरे वा बैठक बोलाउने र समस्याको सरल, सहज र सकारात्मक समाधान सुझ्याउन नेतृत्वले अरुचि वा अस्वीकार गरेर विचार, विधि, मूल्य, मान्यता, पद्धति, परंपरा आदि मिच्ने र सकेको गर्नेतिर नेताहरु गएभने बैठकको माग गर्नेहरुले पनि नेताहरुबाटै सिकेअनुसार उनीहरु र उनीहरुको नेतृत्व र निर्देशनलाई अवज्ञा र अस्वीकार गर्दै केन्द्रीय समितिको बैठक बोलाएर छलफल गरी यी नेता र नीति, यिनको मति र गति, रीती र स्थिती अनि यिन्को संस्कार र संस्कृतिको समेत विकल्प खोजेर यी नेताको जिम्मेवारी पनि हेरफेर गर्दै यिनलाई सल्लाहकारको भूमिकामा सीमित र सम्मानित गरी यिनको विकल्पमा अध्यक्ष र प्रधानमन्त्री नभएका, साठी नकाटेका, भ्रस्टाचारमा नमुछिएका, मिसन र भिजन भएका, विगतका पार्टी र सरकारका जिम्मेवारीहरुमा राम्रो पर्फर्मेन्स देखाएका, सरल र इमान्दार अनि निष्ठावान र नैतिकवान नेताहरुलाई स्थापित गर्न सक्नुपर्दछ १ यससन्दर्भमा हामी केन्द्रीय सदस्यहरु पनि आग्रह(पूर्वाग्रहमुक्त, गुट(उपगुट मुक्त, पूर्व वा पश्चात् समूहका स्वार्थबाट मुक्त, जाती(धर्म(क्षेत्र(लिङ्ग(भाषा(संस्कृति आदिबाट माथिउठेर देस र जनताप्रती पूर्ण जिम्मेवार र वफादार भएर केही गम्भीर, कठोर, अपृय र महत्वपूर्ण निर्णयहरु गर्नुपर्दछ १ यसरीमात्र पार्टीलाई आसन्न विभाजनबाट बचाउँदै नयाँ विचार(सिद्धान्त, विधि(पद्धति, नीति(नियम र न्याय(नैतिकताको राजमार्गमा हिंडाएर देस र जनतालाई निकास(विकास र शान्ती(समृद्धि दिनुपर्छ १ यसो गर्न(गराउन नचाहने,नगर्ने वा नसक्ने होभने यसरी बैठकको माग गर्नु र बैठक बस्नुको अर्थ र औचित्य हुदैन १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here