इनफ इज इनफ अभियन्ता पक्राउ

18

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियन्ताले प्रदर्शन गरेका थिए ।

बालुवाटारको सडकमा उभिदैमा पक्राउ गरेको विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले जनाइन् । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगञ्जमा राखेको छ । इनफ इज इनफ अभियानले आफ्ना अभियन्ताहरु सुदन गुरुङ, आलोक सुवेदी, सुदन मानन्धर, शशीबिक्रम कार्की, बिक्रान्त खनाल, रञ्जु दर्शना, सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेतीसहित २८ जना पक्राउ परेको जनाएकाे छ । सामाजिक दूरी कायम गरेर कोरोना महामारी रोकथाममा ध्यान दिन शान्तिपूर्ण दबाब दिने तयारी भइरहेका बेला  पक्राउ गरेको अभियानले विज्ञप्ति निकालेर जनाएको छ ।
पक्राउ परेका कतिपय सडकमा हिँडिरहेका बेला र पसलमा सामान किनिरहेका बेला पक्राउ परेको पनि अभियानले जनाएको छ । सरकारले आफूहरुको शान्तिपूर्वक भेला हुन पाउने अधिकारको हनन गरेको अभियानको धारणा छ । ‘के लोकतन्त्र मरिसक्यो’ अभियानद्वारा जारी विज्ञप्तिमा प्रश्न गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here